डडेल्धुराकी एक युवती मृत फेला
लोक कल्याणकारी विज्ञापन

डडेल्धुराः डडेल्धुराकी एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको आलिताल गाँउपालिका–७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउँद आज (बिहिवार) बिहान मृत फेला परेकी हुन्।
लोक कल्याणकारी विज्ञापन

दुर्गा मावि आलितालमा कक्षा १२ मा अध्यनरत साउँद घर नजिकैको पहिरोमा झरेको अवस्थामा मृत फेला परेकी छन्। उनको शव घरदेखि पाँच सय मिटरको दुरीमा फेला परेको हो। उनी हिजो रातिदेखि हराएकी थिइन।
लोक कल्याणकारी विज्ञापन

रातभरी खोज्दा बिहान मात्रै पहिरोमा खसेको अवस्थामा शव फेला परेको मृतकका बुवा दानबहादुर साउँदले बताए। घटना संकास्पद भएकाले सत्य तथ्य छानविन हुनुपर्ने मृतक उनको माग छ। प्रहरीको टोली घटनास्थलमा पठाइएको छ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

