राष्ट्रिय समाचार

सुन प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे छानबिनका लागि समिति गठन गर्न माग

बिज्ञापन

काठमाडौँ – नेकपा एमालेले, सुन तस्करी प्रकरणमा उच्च स्तरीय र विश्वासिलो छानबिन समिति बनाउन माग गरेका छन् ।

बिज्ञापन

राष्ट्रिय सभाको बैठकमा विशेष समयको माग गर्दै एमाले सांसद देवेन्द्र दाहालले सुन तस्करी जस्तो घटना गृहमन्त्रीको संलग्नताविना सम्भव नभएको भन्दै उच्च स्तरीय र विश्वासिलो छानबिन समिति बनाएर सम्पूर्ण सुरक्षा, भन्सार र गृहमन्त्रीलाई अनुसन्धानको घेरामा ल्याउनु पर्ने बताए ।

उनले भने, ‘यो घटना गृहमन्त्रीको संलग्नता विना सम्भव हुन्छ र, सम्पूर्ण सुरक्षा र भन्सार अनुसन्धानमा आएको छ । त्यसकारण अब उहाँ पनि अनुसन्धानको घेरामा रहनुपर्छ भन्ने हाम्रो भनाई छ। सुन काण्डको जरैदेखि छानबिन गर्नको लागि उच्च स्तरीय संसदीय छानबिन, उच्च स्तरीय छानबिन समिति बन्नुपर्छ र त्यसमा राष्ट्रिय सभालाई पनि सामेल गराउनु पर्छ । ’
उनले उच्च तहका नेतृत्व पनि यस घटनामा सामेल भएको तर उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएको आरोपसमेत लगाए ।
सुन भित्रिएको दिनमा नै सुरक्षा व्यवस्था गर्न नसकेको भन्दै सदनलाई सम्बोधन गर्दै राजीनामा दिनु पर्ने गृहमन्त्री झन् फुर्तीका साथ विमान स्थलमा कसैलाई छोडिदैँन् भनेर मन्तव्य दिएको पनि उनको टिप्पणी छ ।

उनले भने, ‘यो सुन हवाई मार्गबाट नेपाल भित्रिदा थाहा नपाउनु गृहमन्त्रीको माथि गम्भीर प्रश्न उठेको छ । सिङ्गो विमानस्थलको सुरक्षा व्यवस्था कस्तो छ, भन्सारको सुरक्षा कस्तो छ, त्यसको जवाफ कसले दिने गृहमन्त्री, अर्थमन्त्री, यो सिङ्गो सरकारले दिनु पर्ने होइन, आफूले कुनै जवाफ दिन नपर्ने जस्तो गरेर गृहमन्त्री निकै फुर्तीका साथ विमान स्थलमा जानु हुन्छ र कुनै कसैलाई छोडिदैँन् भनेर मन्तव्य दिनु हुन्छ । जुन दिन सुन भित्रिएको थियो त्यो दिन नै भन्सारको सुरक्षा व्यवस्थालाई सस्पेन गर्दै सदनलाई सम्बोधन गर्दै राजीनामा दिनुपर्ने हो । त्यसो भएको छैन ।’

उनले सुन आयात गर्ने काम सेटिङ्बाट भइरहेको भन्दै सुन ल्याउँदा भन्सार प्रमुख र प्रहरी प्रमुख डिआईजी अर्जुन चन्द बिदामा बसेर यसको सेटिङ गरेको जस्तो देखिएको पनि बताए ।

बिज्ञापन