राष्ट्रिय समाचार

प्रधानमन्त्रीद्वारा कोप–२८को उच्च स्तरीय बैठकको अध्यक्षता

बिज्ञापन

काठमाडौं, मङ्सिर १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको हिमालय : जसले हामीलाई जलवायु प्रकोपबाट बचाउँछ विषयक उच्च स्तरीय गोलमेच बैठकमा  सम्बोधन गर्नुभएको छ ।

बिज्ञापन

नेपालले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घको कार्यक्रममा छुट्टै इभेन्टको अध्यक्षता गर्दै उच्च स्तरीय बैठक सञ्चालन गरेको यो पहिलो पटक हो । यसैगरी, बैठकलाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विशेष सम्बोधन गर्नु भएको छ भने एन्डोराका प्रधानमन्त्री जेभियर इस्पोट जमोरा, काजिकिस्तानका विदेशमन्त्री जिन्बेक कुलुबायाभ र भुटानका स्टेट सेक्रेटरीले सम्बोधन गर्नु भएको छ ।

बैठकमा नेपालदेखि अन्टार्कटिकासम्म देखिएको जलवायु परिवर्तनको असर र मानव जीवनमा यसले पारेको नकारात्मक प्रभावबारे आइसिसिआई, इसिमोड लगायतका अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध विषय विज्ञद्वारा प्रस्तुतीकरण गरिएको छ भने एफएओका महानिर्देशक डा. क्यु डोङ्यूले जलवायु परिवर्तनले कृषि तथा खाद्य प्रणालीमा पारेको प्रभावबारे चर्चा गर्नु भएको छ ।

बिज्ञापन