राजनीति

राप्रपा कार्यालय २१ दिनभित्र खाली गर्ने सहमति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय २१ दिनभित्र खाली गर्ने सहमति भएको छ। धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालय रहेको घर २१ दिनभित्र खाली गर्ने राप्रपा र काठमाडौं महानगरपालिकाबीच सहमति भएको हो।

बिजुलीको हाइटेन्सन लाइनमुनि उक्त घर बनेकोले जोखिम हुने भन्दै काठमाडौं महानगरले गत शुक्रबार ३ दिनको समय दिएर राप्रपा कार्यालय खाली गर्न भनेको थियो। तर राप्रपाले घर खाली नगराएपछि महानगरले सोमबार उक्त भवनमा डोजर लगाउने तयारी थियो।

बिज्ञापन

राप्रपाका नेता तथा कार्यकर्ताले सोमबार कार्यालय भत्काउन नपाइने भन्दै सडकमा गाडी तेर्साएर विरोधसमेत गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले राप्रपा र महानगरसँग गरेको छलफलका क्रममा २१ दिनभित्र उक्त भवन राप्रपाले उक्त खाली गर्ने सहमति जुटेको हो । राप्रपाले कार्यालय खाली गर्न कानुन अनुसार ३५ दिनको म्याद मागेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।