अर्थ

सुनको भाउ तोलाको १ लाख १३ हजार पुग्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पहेँलो धातु सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ प्रतितोला ४ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको भाउ प्रतितोला एक लाख १३ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुन एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिज्ञापन

सोमबार छापावाल सुन एक लाख १२ हजार ६ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, १४ सय ५० रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको महासंघले जनाएको छ । सोमबार १४ सय ५० रुपैयाँ तोलामा खरिद बिक्री भएको चाँदीको भाउ आज १४ सय ७५ रुपैयाँ तोकिएको महासंघले जाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।