साइकल यात्रीलाई मुक्का हान्ने भेटवाल धरौटीमा रिहा

काठमाडौं । साइकल यात्रीलाई मुक्का प्रहार गरेको घटनामा पक्राउ परेका आयुष भेटवाल धरौटीमा रिहा भएका छन् ।
गत असार २० गते कोशी राजमार्गअन्तर्गत विराटनगर–४ स्थित दूध फारम चोकमा भेटवालले साइकल यात्री पवनकुमार साहलाई मुक्का हानी ढालेका थिए । उक्त घटनाको भिडियो फुटेज सार्वजनिक भएपछि पक्राउ परेका उनी सोमबार मोरङ जिल्ला अदालतले दिएको आदेशबाट धरौटीमा छुटेका हुन् ।

सोमबार न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले भेटवाललाई एक लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । भेटवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दायर भएको थियो । घटनामा संलग्न भनिएका अर्का प्रतिवादी १७ वर्षे किशोर फरार छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
