राजनीति

राप्रपा कार्यालय २१ दिनभित्र खाली गर्ने सहमति

बिज्ञापन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय २१ दिनभित्र खाली गर्ने सहमति भएको छ। धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालय रहेको घर २१ दिनभित्र खाली गर्ने राप्रपा र काठमाडौं महानगरपालिकाबीच सहमति भएको हो।

बिज्ञापन

बिजुलीको हाइटेन्सन लाइनमुनि उक्त घर बनेकोले जोखिम हुने भन्दै काठमाडौं महानगरले गत शुक्रबार ३ दिनको समय दिएर राप्रपा कार्यालय खाली गर्न भनेको थियो। तर राप्रपाले घर खाली नगराएपछि महानगरले सोमबार उक्त भवनमा डोजर लगाउने तयारी थियो।

राप्रपाका नेता तथा कार्यकर्ताले सोमबार कार्यालय भत्काउन नपाइने भन्दै सडकमा गाडी तेर्साएर विरोधसमेत गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले राप्रपा र महानगरसँग गरेको छलफलका क्रममा २१ दिनभित्र उक्त भवन राप्रपाले उक्त खाली गर्ने सहमति जुटेको हो । राप्रपाले कार्यालय खाली गर्न कानुन अनुसार ३५ दिनको म्याद मागेको थियो ।

बिज्ञापन