घटना समाचार

चक्कु प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

बिज्ञापन

धनगढी । कञ्चपुरमा एक व्यक्तिले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

बिज्ञापन

दोधारा चाँदनी नगरपालिका(७ कञ्जभोजको ३४ वर्षीय प्रेमबहादुुर बुढा क्षेत्रीले २२ वर्षीया श्रीमती द्रोपती बुढा क्षेत्रीको चक्कु प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रेमले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा घरबाट उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र दोधाराचाँदनी पुर्‍याइएका थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

श्रीमतीको हत्या अभियोगमा प्रेमलाई इलाका प्रहरी कार्यालय दोधाराले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन