राजनीति

राष्ट्रिय हितका विषयमा सरकारसँग मिलेर जान तयार छौँ : ओली 

बिज्ञापन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितका सवालमा सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

बिज्ञापन

नेपाल र नेपालीको आवश्यकता, राष्ट्रिय हितका लागि सरकार, अन्य जुनसुकै दलले ल्याएका कुराहरूलाई आफ्नो पार्टीको समर्थन रहने उनले बताए ।

सरकारले मनपरी गर्दै जाने र देशको अहित हुने निर्णय, सन्धि सम्झौता गर्ने विषयलाई भने आफूले समर्थन नगर्ने उनले बताए ।

सरकारले छिमेकी देशहरूसँग गर्ने सहमति सम्झौताका विषयमा सबैले थाहा पाउनुपर्ने भए पनि त्यो परम्परा नभएका उनको भनाइ थियो ।

नेपालको परराष्ट्र नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका समयमा राष्ट्रहित भन्दा पनि सत्ता स्वार्थका लागि मात्रै सम्झौता सहमतिहरू भएको आरोप लगाए ।

इपीजी प्रतिवेदन, भारतले विवादीत बनाउन खोजेकाे सीमाक्षेत्रका विषयमा कुरा उठाएर समाधानका लागि पहल गर्नुपर्नेमा त्यसाे हुन नसकेकाे उनकाे भनाइ थियो ।

बिज्ञापन