घटना

अछाममा घाँस काट्ने क्रममा महिलाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम, साउन २० गते । घाँस काट्नेक्रममा मङ्गलसेन नगरपालिकामा एक महिलाको भीरबाट खसेर निधन भएको छ । मङ्गलसेन नगरपालिका–१ जैधन निवासी अन्दाजी २४ वर्षीया निर्मला साउद थापाको निधन भएको हो । 

लोक कल्याणकारी विज्ञापन

शनिबार बिहान घर नजिकै रहेको अम्लिसैन भीरबाट लडेर घटनास्थलमै निधन भएको वडा अध्यक्ष लोकराज नाथले जानकारी दिनुभयो । घाँस काट्न गएकी निर्मला भीरबाट करिब दुईसय मिटर तल खसेको बताइएको छ । 

लोक कल्याणकारी विज्ञापन

मृतक निर्मलाका तीन वर्षीय एक छोरा रहेको छ भने श्रीमान् अध्ययनको क्रममा जिल्ला बाहिर रहेका छन् । निर्मला मङ्गलसेन नगरपालिका–१ को वडामा मनोसामाजिक कार्यकर्ताको रूपमा कार्यरत रहनुहुन्थ्यो ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन