अवर्गीकृत

कैलाली अदालतमा श्रीमती छोड्न चार सय पुरुषको निवेदन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः जिल्ला अदालत कैलालीमा श्रीमती छोड्न चार सय पुरुष (श्रीमान) को निवेदन परेको पाइएको छ। आर्थिक वर्ष २०७९/८० मा श्रीमानले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न सो संख्यामा मुद्दा दर्ता भएको पाइएको हो। श्रीमानले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दिन सक्ने प्रावधान लागु भएपछि श्रीमतीसँग सम्वन्ध विच्छेद गर्न कैलाली अदालत धाउने पुरुषको संख्या बढ्दै गएको छ।

जिल्ला अदालतका अनुसार सोही कानुनी व्यवस्थाका कारण कैलालीमा सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने महिलाको भन्दा पुरुषको संख्या झण्डै दोब्बर पुग्न थालेको छ। गत आर्थिक वर्षमा जिल्ला अदालतमा ६ सय ९३ वटा सम्बन्ध विच्छेद सम्बन्धीका मुद्दा दर्ता भएकोमा चार सय मुद्दा पुरुषले मात्र दिएका छन्। ती मध्ये ४ सय ७९ मुद्दाको अन्तिम सुनवाई भएको छ भने २१४ मुद्दा फछ्यौट हुन बाँकी छ।

बिज्ञापन

पछिल्लो समय बिवाहपछि सम्बन्ध बिच्छेद गर्ने क्रम निकै बढेको छ। कैलालीमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको पाइएको छ। घरायसी झै झगडादेखि सामाजिक सञ्जालका कारण सम्बन्ध बिच्छेद गर्नेहरु बढेका छन्। संगै जिउने मर्ने बाचा कसम खाएर बैवाहिक बन्धनमा बाँधिएका जोडिहरु दिन प्रतिदिन छुट्टिने क्रम बढेको छ। बिवाह भएको थोरै समयमा सम्बन्ध बिच्छेद गर्न आउने जोडीहरु तमाम भेटिन्छन्।

कैलाली जिल्ला अदालतमा सबैभन्दा बढी सम्बन्ध बिच्छेदकै लागि मुद्दाको चाङ छ। आर्थिक बर्ष २०७६/७७ मा २ सय ४ मुद्धा सम्बन्ध बिच्छेदका लागि दर्ता भएका थिए। तीमध्ये एक सय ३ मुद्दा फछ्र्यौट भए। यस्तै आर्थिक बर्ष २०७७/७८ मा २ सय ५ मुद्धा दर्ता भएकोमा एक सय ३० मुद्दा फछ्र्यौट भए भने आर्थिक वर्ष २०७८/७९ मा यस्तो मुद्दाको संख्या झन बढेको अदालतको अभिलेख छ।सो अवधिमा ६ सय १० सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता भएकोमा तीन सय ९५ मुद्धा फछ्र्यौट गरिएको थियो। कतिपय घटनामा श्रीमान् विदेश जाँदा श्रीमती परपुरुषसँग लाग्ने, विदेशबाट पठाएको पैसा खर्च गरिदिने, श्रीमानले मादक पदार्थ सेवन गरी झैँ झगडा गर्ने लगायत कारणले सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको अधिकारीहरु बताउँछन्। जिल्ला अदालत कैलालीका श्रेस्तेदार मानबहादुर विष्टका अनुसार विदेशमा रहँदा श्रीमतीले धन सम्पत्ति मासेको, परपुरुषसँग लागेको लगायत कारण कारण देखाउँदै सम्वन्ध विच्छेद गर्ने गरेको बताए।

सो अवधिमा ६ सय १० सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता भएकोमा तीन सय ९५ मुद्धा फछ्र्यौट गरिएको थियो। कतिपय घटनामा श्रीमान् विदेश जाँदा श्रीमती परपुरुषसँग लाग्ने, विदेशबाट पठाएको पैसा खर्च गरिदिने, श्रीमानले मादक पदार्थ सेवन गरी झैँ झगडा गर्ने लगायत कारणले सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको अधिकारीहरु बताउँछन्। जिल्ला अदालत कैलालीका श्रेस्तेदार मानबहादुर विष्टका अनुसार विदेशमा रहँदा श्रीमतीले धन सम्पत्ति मासेको, परपुरुषसँग लागेको लगायत कारण कारण देखाउँदै सम्वन्ध विच्छेद गर्ने गरेको बताए। -साभार

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।