घटना समाचार

दोलखाकाे गोपीखोलामा बस दुर्घटना

बिज्ञापन

काठमाडौं । दोलखाको गोपीखोलामा यात्रुवाहक बस दुर्घटना हुँदा  २१ जना घाइते भएका छन् ।

बिज्ञापन

वैत्यश्वर वैत्यश्वर– १ गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बा २ ख ५४२९ नम्बरको को यात्रुवाहक बस गोपीखोलामा आज बिहान ९ बजेतिर दुर्घटना भएको हो । अनियन्त्रित भएर बस सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते २१ जनाकाे उद्दार गरेर जिल्ला अस्पताल दोलखामा  उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय दोलखामा सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।

बिज्ञापन