Sudur Pradesh News

अविरल वर्षाले भजनी नगरपालिकामा चार सय बढी घरधुरी प्रभावित

बिज्ञापन

धनगढी । सोमबारदेखि परेको अविरल वर्षाले कैलालीको भजनी नगरपालिकामा चार सय बढी घरधुरी प्रभावित भएका छन् ।   बाढीको उच्च जोखिममा रहँदै आएको सो नगरपालिका जलमग्न हुँदा त्यहाँका हजारौँ नगरवासी प्रभावित भएका हुुन् ।

बिज्ञापन

नगरपालिकाका प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष विक्रम चौधरीले हिजोसम्म केही वडा प्रभावित भए पनि आज बिहानसम्म पुरै नगरपालिकावासी नै प्रभावित भएको जानकारी दिए । हालसम्म एक हजार बढी घरधुरी प्रभावित भएको बताउँदै उनले उनीहरूको उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताए ।

प्रवक्ता चौधरीले भने, ‘कोही सेफ हाउसमा जानुभएको छ । कोही हुलाकी राजमार्गका साथै अन्य सुरक्षित स्थानमा पाल टाँगेर आश्रय लिएको छ । यो क्रम बढ्दो छ । हामी तथ्याङ्क लिने क्रम पनि जारी राखेका छौ ।’ नगरपालिकाका कै सीमित साधन स्रोतबाट रातदिन नभनी काम जारी राखेको बताउँदै अन्य निकायबाट सहयोगको अपिल समेत गरे । भजनी नगरपालिका क्षेत्र वर्षेनी बाढीको समस्या झेल्दै आएको छ । 

बिज्ञापन