Sudur Pradesh News

इजरायलमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारको दुई लाख राहत

बिज्ञापन

घोडाघोडी (कैलाली), असोज २२ गते । इजरायलको किबुज अलुमिममा विद्रोही समूहको आक्रमणबाट निधन भएका परिवारलाई प्रतिव्यक्ति दुई लाखका दरले राहत दिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार जारी गरेको विज्ञप्तिमा उक्त जानकारी गराइएको हो ।

बिज्ञापन

मुख्यमन्त्री शाहले मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ । सिक्दै कमाउँदै कार्यक्रममा इजरायल गएका आक्रमणमा परेका सम्पर्कविहीन तथा घाइते विद्यार्थीहरुको शीघ्र खोज तथा उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणका सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।

मुख्यमन्त्री शाहले निधन भएका नेपालीहरुको शव फिर्ता ल्याउने कार्यमा प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, इजरायल सरकार र इजरायलस्थित नेपाली राजदूतावासलाई अनुरोध गर्नुभएको छ ।

बिज्ञापन