राजनीति

सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेका छन्ः बाबुराम भट्टराई

बिज्ञापन

सुर्खेत । पूर्व प्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेकाे दाबी गरेका छन् ।

बिज्ञापन

शनिबार कर्णाली राजधानी वीरेन्द्रनगरमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै यस्ताे बताएका हुन् । भट्टराईले ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने बताए ।

‘याे प्रकरणमा मेराे नाम जोडिएको हुँदा छानबिन गरोस् म तयार नै छु,’ उनले भने, मेरो पालाबाट नै ललिता निवासको विषयमा सानो निर्णय भएको हो । ३/४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो । त्यो मेरो नियतबस नभई मन्त्रिपरिषद्को निर्णय हो ।सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेका छन्  ।’

देशको जटिल भूराजनीतिक, हिमाल पहाड तराई मधेसका जातीय समुदायबीचको पहिचान र अधिकारसहित संघीय प्रदशेहरुको व्यवस्थापन, लोकतन्त्रका अपूर्णतामा शासकीय स्वरुपमा कमजोरी भएकाे स्वीकार्दै चरम भ्रष्टाचारको बिगबिगी र गरिबी बेरोजगारी जस्ता मुख्य समस्याहरू  समाधान गर्न  नेपाली कांग्रेस, एमाले र माओवादी लगायतका दलहरू खासै क्रियाशील नभएको भट्टराईले  आराेप लगाए  ।

भट्टराईले भने,‘गणतन्त्रपछि भ्रष्टाचार घट्नुको साटो बढिरहेको छ । भ्रष्टाचारका घटनाहरु उच्चस्तरीय आयोगमार्फत छानबिन गरिनुपर्ने छ । एक एक घटना नभएर सबै घटना र काण्डहरू बाहिर ल्याउनुपर्छ । अख्तियार निकै कमजोर भएको छ ।’

सत्ता परिवर्तनको खेल खेलिरहनेभन्दा संविधान नै संशोधन गर्नुपर्ने उनकाे भनाइ छ ।

बिज्ञापन