बिश्व

पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर–उल–हक काकर नियुक्त

बिज्ञापन

काठमाडौं । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले अनवर–उल–हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका छन् ।

बिज्ञापन

शनिवार राष्ट्रपति आरिफ अल्वीले अनवर–उल–हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्ति गरेका हुन् । राष्ट्रपतिले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) बमोजिम उक्त स्वीकृति दिएकाे हाे ।

प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा अनवर कार्यवाहक प्रधानमन्त्री बनेका छन् ।

कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निःवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिवार छलफल भएको थियो । सोही छलफलपछि अनवरको नाममा सहमति जुटेको हो ।

ककर मार्च २०१८ देखि पाकिस्तानको सिनेटको सदस्य छन् । उनी सन् २०१८ को पाकिस्तानी सिनेटको चुनावमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट स्वतन्त्र उम्मेदवारको रूपमा पाकिस्तानको संसदमा निर्वाचित भएका थिए ।

बिज्ञापन