बिश्व

इजरायल-हमास युद्ध : मृत्यु हुनेको संख्या २५ सय पुग्यो

बिज्ञापन

इजरायल- इजरायल र हमासबीचको युद्ध छैठौं दिनमा प्रवेश गरेकाे छ।  इजरायलले हमास विरुद्धको जवाफी कारबाही जारी राखेको छ।

बिज्ञापन

इजरायले गाजापट्टीमा इजरायली बम बर्षक बिमानबाट गोलाबारी जारी राखेको छ। गत शनिबार कब्जामा लिएका १ सय ५० जना नागरिकहरुको रिहा नगरेसम्म गाजापट्टीमा आक्रमण तीब्र पार्ने घोषणा इजरायलले गरेको छ ।

उता हमासले भने सर्वसाधारणलाई सूचना नदिइ आक्रमण गरेको खण्डमा आफनो कब्जामा रहेकाहरुको हत्या गर्ने चेतावनी दिंदै आएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो युद्धमा प्यालेस्टाइन बिद्रोही समुह हमासको नामो निशान मेट्ने दाबी समेत गरेका छन्।

इजरायल र हमासबीचको युद्धमा हालसम्म करिब २५ सयको मृत्यु भइसकेको छ । इजरायलतर्फ १३ सयको ज्यान जाँदा हमासतर्फ जवाफी आक्रमणमा गाजामा १५ सयको मृत्यु भइसकेको छ । दुबैतर्फ गरी आक्रमणमा घाइते हुनेको संख्या ४ हजार बढी पुगिसकेको छ ।

बिज्ञापन