आस्था /आध्यात्म

मुक्ति पर्व दिवसको अवसरमा नेपालका विभिन्न ठाउँमा सत्संग सम्पन्न

बिज्ञापन

टीकापुर सत्संग भवन
टीकापुर, २७ साउन । मुक्ति पर्वको अवसरमा टीकापुरको सन्त निरंकारी सत्संग भवनमा भव्य रुपमा सत्संग सम्पन्न भएको छ ।

बिज्ञापन

गत शनिबारका दिन आयोजित उक्त सत्संग कार्यक्रममा सन्त निरंकारी सत्संग भवन धनगढीबाट आउनु भएका सन्त निरंकारी मिशनका प्रचारक झंकर विष्टले जब–जब यस पृथ्वीमा पापको बृद्धि भएर धर्मको नास हुन्छ तब–तब धर्मको रक्षा गर्न पापी–दुष्टहरुको नाश गर्न भगवानले यस लोकमा साकार रुपमा जन्म लिने गर्दछन् । त्यसै अनुरुप सत्गुरु साकार रुपमा आएर मानवताको रक्षार्थ कार्य गरिरहेको हामी यस मिशनको माध्यमबाट पाउँछौ । मानवलाई मानव बनाउन सन्त निरंकारी मिशनले आफ्नो अभियानलाई तिब्ररुपमा संसारमा फैलाई रहेको छ । धर्मले जोड्छ, तोड्दैन भन्ने भावलाई साकार पार्दै मानव–मानव बीच भातृत्वको भावनालाई जागृत गर्दै विश्व–बन्धुत्वको सन्देशलाई संसारमा फैलाई रहेको छ । आज यस आवाजलाई बुलन्द पार्न बाबा बुटा सिंह, बाबा अवतार सिंह, जगतमाता बुद्धवन्ती जी, बाबा गुरबचन सिंह, बाबा हरदेव सिंह जी, सत्गुरु माता सविन्दर हरदेव जी लगायत अनेकौंले मिशनको सन्देशलाई अगाडि बढाउँदा आफ्नो प्राणको बलिदान दिने ज्ञात–अज्ञात महापुरुषहरुको सम्झनामा यो दिवस मनाउँदै आएको बताउनु भयो ।

उहाँले भन्नुभयो कि हामीले उनीहरुले देखाएको बाटोमा आफ्नो जीवनलाई अग्रसर गराउनु छ, सबैसंग प्रेम र सद्भावको वातावरण सिर्जना गरेर यस मिशनलाई अगाडी बढाउनु छ तब मात्र हामी पनि जिउँदै मुक्तिका हकदार हुन सक्छौ र अरुलाई पनि मुक्ति हुनुमा सहयोग पुरयाउन सक्छौ, उहाँले बताउनु भयो । साथै उहाँले बाबा अवतार ंिसंह र बाबा गुरबचन सिंहले मिशनलाई पुरयाएको योगदान माथि पनि चर्चा गर्नु भएको थियो ।

टीकापुरमा बिहानैदेखि ठुलो वर्षा भइरहेको अवस्थामा पनि श्रद्धालु भक्तहरुले वर्षाको कुनै प्रवाह नगरि रुज्दै–भिज्दै ठुलो संख्यामा सन्तहरुको सहभागिता रहेको यस कार्यक्रममा टीकापुर सत्संग भवनका मुखी महादेव भण्डारी, सन्त निरंकारी आदर्श विद्या मन्दिरका अध्यक्ष श्रीराम काफ्ले, बल बहादुर रावल, दीपक रावल, तेज बोहरा, सेवादल संचालक बजिर सिंह, सेवादल जवान प्रकाशमान ठकुल्ला लगाएतका स्थानीय सन्तहरुले भजन वा प्रवचनको माध्यमबाट मुक्ति पर्व दिवसमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन चन्द्र सिंहले गर्नु भएको थियो ।

धनगढीमा वृहत सत्संग सम्पन्न
धनगढी, २७ साउन । सन्त निरंकारी सत्संग भवन धनगढीमा मुक्ति पर्व दिवसको अवसरमा वृहत सत्संग सम्पन्न भएको छ ।

उक्त अवसरमा सन्त निरंकारी मण्डल नेपालका क्षेत्रिय सेवादल संचालक नर बहादुर बटालाले मुक्ति पर्व दिवसमाथि प्रकाश पार्दै ‘हरदेव बाणी’ को सहारा लिदै भन्नुभयो कि यदि हामी मोह–मायाको चक्रब्यूबाट बाहिर आउन सक्छौ भने जिउदै जीवन मुक्तिका हरदार बन्न सक्छौ । जबसम्म अनेकौं काम, क्रोध, लोभ, मोह, अहंकारमा फसि रहन्छौ, अर्काको निन्द्रा गर्दै जीवन बिताउँछौ भने हामीले जतिपनि राम्रो कार्य गरेपनि मुक्ति पाउन सक्दैनौ र आवागमनको फेरोमा फसि रहने छौ ।

सहि मुक्ति केवल सत्गुरुको शरणमा आएर मात्र पाउन सकिन्छ । सत्गुले बताएको मार्गदर्शनमा यदि हामी आफ्नो जीवनलाई डो¥याउँछौ भने हामीले अवश्य मुक्ति पाउने छौ । त्यसको लागि सबैभन्दा पहिले सत्गुरुको शरणमा आउनु पर्ने छ र उनले भनेको सेवा, सत्संग, सुमिरण गर्दै जीवन बिताउनु छ । सबै मानवलाई आफ्नै परिवारको अंश सम्झेर उनीहरुसंग प्रेम, नम्रता, सत्कारको व्यवहार गर्दै जीवनलाई अगाडि बढाउन पर्ने कुरामा उहाँले जोड दिनुभयो ।

उक्त अवसरमा धनगढीमा नयाँ सेवादल यूनिट १९९७ स्थापना भएको उपलक्ष्यमा बधाई तथा शुभकामना आदान–प्रदान गरिएको थियो । सो यूनिटमा पुरुष संयोजक रोशन ओड र महिला संयोजक ज्योति ठाकुरलाई प्रस्तावित गरिएको छ ।

सत्संग कार्यक्रममा सन्त निरंकारी सत्संग भवनका मुखी प्रकाश साउँद, टीकापुरबाट जानु भएका सन्त प्रकाश भण्डारी, भोजराज, टेक बहादुर, विजय, हेमराज टमट्टा, अनुष्का एवं साथी, ईन्द्रा, बिष्णु माया, ज्योति ठाकुर लगाएत स्थानीय सन्तहरुले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन कृष्ण साउँदले गरेका थिए ।

महेन्द्ररनगरमा वृहत सत्संग सम्पन्न
महेन्द्रनगर, २७ साउन । सन्त निरंकारी सत्संग भवन महेन्द्रनगरमा विविध कार्यक्रम सहित मुक्ति पर्व दिवस मनाइएको छ । मण्डलका केन्द्रिय सह सचिव तथा ज्ञान प्रचारक श्री नरबहादुर बिश्वकर्माको प्रमुख आतिथ्यता कार्यक्रम गरिएको थियो ।

सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सहसचिव तथा ज्ञान प्रचारक नरबहादुर बिश्वकर्र्माले भन्नुभयो कि सन्त निरंकारी मिशनको उदेश्यलाई जन–जनमा पुगाउनको लागि अहोरात्र खटेर जीवन नै समर्पित गर्नु हुने माता बुधबन्ती जी, सहनशाह बाबा अवतार सिंह जी, प्रधान लाभ सिंह जी, बाबा गुरवचन सिंह जी, चाचा प्रताप सिंह जी, बाबा हरदेव सिंह जी, माता सबिन्दर जी, माता कुलवन्त कौर जी लगायत त्यस्तै नेपालमा मिशनको प्रचार–प्रसार गर्दै सेवा निभाउँदै दिवङ्गत ब्रम्हलिन महात्मा लाल बहादुर जी, रन सिंह सुनार जी, खडक बहादुर शाह जी, कृष्ण प्रसाद रेग्मी जी, उजिर सिंह जी, नन्दलाल जोशी जी, नन्दलाल रेग्मी, प्रभुनाथ रेग्मि , नवल सिंह रावल लगायतका हजारौं संन्त–महात्मा तथा परिवारका सदस्यले मुक्ति प्राप्त गरेको यादमा मुक्ति पर्व मनाइने गरिन्छ ।

खासगरी मुक्तिको अर्थ ब्रम्हज्ञान प्राप्त गरिसकेपछि जातिपाति, उचनिच, धनि–गरीब, लिंग, रङ्ग, क्षेत्र , नश्ल आदिको भेदबाट ,असमानताबाट मुक्ति प्राप्त गरि समानता, मानव एकता , बन्धुत्व भाइचारा कायम हुनु हो । त्यस्तै व्यक्ति भित्र रहेका कुभावना, गलत आदत, नशा बन्दी , व्यविचार, भ्रम–भ्रान्तीबाट मुक्ति पाइ भक्तिमय जीवन जीउने मार्ग नै मुक्ति पथ हो ।

मुक्ति पर्व दिवस कार्यक्रममा सर्जन सिंह, नवराज आउजी, गुमान सिंह, कृष्ण बहादुर खड्का, लक्ष्मी बिश्वकर्मा, जगत, नन्दा देवी, सेवादल संचालक बिशन, सितल, अनुश्री , सपना , राजेन्द्र , दिपक , मदन , प्रेम सोनी, मितालिका, विवेक एवं साथीहरु लगायतका व्यक्तित्वहरुले मुक्ति पर्वका बारेमा विचार तथा प्रवचन, कविता प्रस्तुत गरेका थिए । मानसिङ तिरुवाले संचालन गरेको कार्यक्रममा दोधारा चाँदनी नपा , भिमदत्त नपाका विभिन्न वडा, सुक्लाफाटा, बेदकोट, कृष्णपुर लगायतका ठाउँबाट ५०० सय भन्दा बढी सन्त परिवारको सहभागिता रहेको थियो । कार्यक्रमको समापन पश्चात् लङ्गर (भण्डारा) को व्यवस्था गरिएको थियो । मुक्ति पर्व दिवस को पुर्व सन्ध्यामा निरंकारी सेवादल (स्वयंसेवक) भाइबहिनीद्वारा सरसफाइ कार्यक्रम पनि गरिएको थियो ।

कञ्चनपुरको पुनर्वासमा वृहत सत्संग सम्पन्न
कञ्चनपुर, २७ असार । सन्त निरंकारी सत्संग भवन पुनर्वासमा विविध कार्यक्रम सहित मुक्ति पर्व दिवस मनाएको छ ।

उक्त अवसरमा सो सत्संग भवनका मुखी तथा ज्ञान प्रचारक राम प्रसाद गुरुङले सन्त निरंकारी मिसनको उद्देश्य संसारमा पु¥याउनुमा सक्रिय योगदान दिनुभएका माता बुधबन्ती जी, सहनशाह बाबा अवतार सिंह जी, प्रधान लाभ सिंह जी बाबा गुरवचन सिंह जी, चाचा प्रताप सिंह जी, बाबा हरदेव सिंह जी, माता सबिन्दर हरदेव जी, माता कुलवन्त कौर जी लगायत हजारौं सन्त–महात्माको सम्झनामा दिवस मनाइने गरिएको बताउनु भयो ।

कार्यक्रममा मनरुपा बि.क., डिल्ली सिंह, सेवादल संचालक सुरेश भुल, सेवादल शिक्षक किरण विश्वकर्मा, मुखी भैरवसिंह कुँंवर लगायतका व्यक्तित्वले मुक्ति पर्वको बारेमा विचार तथा प्रवचन, कविता आदि प्रस्तुत गरेका थिए । मिरा बिकले संचालन गरेको कार्यक्रममा पुनर्वासका ११ वटै वडा तथा बेलौरी नगरपालिका साथै छिमेकी देश भारतबाट समेत उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रम समापनपछि लङ्गर (भण्डारा) को पनि व्यवस्था गरिएको थियो ।

यस्तै प्रकारले काठमाडौ, कैलालीको अमरावती, मोतीपुर, सडकपुर बौनियाँ, सुखड, पहलमानपुर, अत्तरिया, कञ्चनपुरको पुनरवास, महेन्द्रनगर रहेका छन् भने अछामको साफेबगर, चौरपाटी, बसौटी, मंगलसैन, ढुंगाचाल्ना, ठूलासैन, हित्मा, रामारोशन, लुंग्रा, थुवा, बान्नातोली, राताखाल रहेको छ । त्यस्तै बर्दियाको भुरीगाउँ, ताराताल, बासगढी, बढैताल छन् । त्यस्तै नेपालगन्ज, कोहलपुर, वीरेन्द्रनगर, गुटु, दाङ्ग, रोल्पा, सल्यान, स्याङ्जा, पोखरा, कपिलवस्तु, रुपेन्देही, जनकपुर, राजविराज, हेटौडा, झापा, मोरङ आदि ठाउँमा मुक्ति पर्व दिवस मनाईएको छ ।

बिज्ञापन