राष्ट्रिय समाचार

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा बुटवलमा अनेरास्ववियुले गर्‍यो चक्काजाम

बिज्ञापन

रुपन्देही । अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा बुटवल बहुमुखी क्याम्पस अगाडि चक्काजाम गरेको छ ।

बिज्ञापन

आयल निगमले हिजो रातिदेखि बढाएको पेट्रोलमा मूल्य ५ रुपैयाँ र डिजेलमा १४ रुपैयाँ वृद्धि गरेको विरोधमा बुटवल बहुमुखी क्याम्पस अगाडि १ घण्टा चक्काजाम गरिएको हो । बिहान सात बजेदेखि आठ बजेसम्म बुटवल क्याम्पस अगाडि चक्काजाम गरिएको थियो ।

उनीहरूले ‘प्रचण्ड सरकार राजीनामा दे’, ‘मूल्यवृद्धि फिर्ता गर’, ‘नालायक सरकार राजीनामा दे’ लगायत नारा लगाउँदै चक्काजाम गरेका थिए ।

सरकारले पेट्रोल र डिजेलको मूल्य नघटाएसम्म आन्दोलनका कार्यक्रम निरन्तर गरिरहने अनेरास्ववियु बुटवल क्याम्पस कमिटी अध्यक्ष कृष्ण पाण्डेले बताए ।

आयत निगमले भने भारतबाट आएको मूल्यसूची अनुसार स्वचालित प्रणालीबाट पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको जनाएको छ ।

बिज्ञापन