राष्ट्रिय समाचार

कक्षा १२ को पूरक परीक्षाको समय तालिका सार्वजनिक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडाैं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि  (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ।

परीक्षा असोज ६ र ७ गतेका लागि तय भएको छ।

बिज्ञापन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि भदौ ३१ गतेसम्म आवेदन फारम बुझाउन आग्रह गरेको छ ।

परीक्षाको समय तालिका सार्वजनिक गर्दै बोर्डले  आवेदन फाराम बुझाउन आग्रह गरेको हो।

पहिलो दिन असोज ६ गते अनिवार्य अंग्रेजी र एक विषयमा परीक्षा दिने सबै परीक्षार्थीहरूका सबै विषयको परीक्षा हुनेछ।

दोस्रो दिन असोज ७ गते दुई विषयमा परीक्षा दिने विषयहरूमध्येको बाँकी रहेको विषयको परीक्षा सञ्चालन हुनेछ।

ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ २२ भित्र बोर्डको खातामा ६ सय रूपैँया परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ। सो अवधिभित्र रकम जम्मा गर्न छुटेकाले भदौ ३१ गते भित्र  दोब्बर दस्तुर १ हजार २ सय रूपैयाँ जम्मा गरेको भौचरसहित आवेदन फाराम बझाइसक्नुपर्नेछ।

परीक्षा केन्द्र पछि तोक्ने बोर्डले जनाएको छ। कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित नगरिने बोर्डले जानकारी दिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।