टीकापुर

कैलालीको जगतपुरमा १६ दिनदेखि बिजुली नहुँदा सास्ती

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर – एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ। वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ। गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका वेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला, सहजै अनुमान गर्न सकिन्छ।

कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन। यही साउन १५ गते ट्रान्समिटर पड्किँदा जगतपुर गाउँका सयौँ परिवार बिजुलीबाट वञ्चित भएका हुन्। बर्खाको समयमा विद्युत् सेवा नहुँदा अन्धकारमा बस्न बाध्य भएको र दैनन्दिन कष्टकर बनेको स्थानीय बताउँछन्। बर्खाको समयमा राति बिजुली नहुँदा निकै कठिनाइ भएको नन्दबहादुर न्यौपानेले बताए।

बिज्ञापन

‘राति अँध्यारोमा सर्प, किराको डर रहन्छ, त्यसैमाथि गर्मीले सुत्न सकिँदैन’, उनले भने, ‘१६ दिन बित्दा पनि बत्ती आउने टुङ्गो छैन।’ बिजुली नभएपछि सबैभन्दा बढी समस्या बालबालिका र वृवृद्धालाई भएको छ। ‘मेरा साना दुई बच्चा छन्। रातभरि सुत्न सक्दैनन्, रातभरि गर्मीले छट्पटाउँछन्’, स्थानीय समीरा चौधरीले भनिन्, ‘गर्मीले घरमा बस्न सक्ने अवस्था छैन। साह्रै दुःख भयो।’

जगतपुर गाउँमा करिब ८५० परिवारले बिजुली उपभोग गर्दैआएका थिए। स्थानीय चौराहामा जडान गरिएको १६० केभीको ट्रान्समिटर पड्किँदा चौराहाभन्दा पूर्वपट्टि गाउँमा विद्युत् सेवा अवरुद्ध छ। लामो समयसम्म गाउँमा विद्युत् नहुँदा टर्चलाइट र मोबाइल चार्ज गर्न छिमेकी गाउँमा पुग्नुपर्ने बाध्यता बनेको स्थानीय मञ्जु न्यौपानेले बताइन्।

लामो समयदेखि विद्युत् नभएपछि स्थानीय का घरमा रहेका मेसिनरी सामानसमेत बिग्रन थालेका छन्। ट्रान्समिटर पड्किँदा तीन लाख ५० हजार मर्मतमा खर्च भइसकेको र १५ दिनको अवधिमा पाँचपटक मर्मत गरी फेरबदलको काम गर्दा पनि समस्या समाधान नभएको सहकारीका सचिव गौरीकान्त न्यौपानेले बताए।

‘हामीले धेरै खर्च गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘गाउँ अन्धकार भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समस्या राखेका छौँ, सहयोग गर्छु भन्नुभएको छ।’रासस

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।