जलवायु

भारतको हिमाञ्चलमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या ५५ पुग्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा विगत दुई दिनदेखि परेको भीषण वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको  छ।

‘अहिलेसम्म राज्यमा करिब ५५ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्छ,’ हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले भनेका छन्। हिमाचल प्रदेशमा जुन २४ मा मनसुन सशुरु भएदेखि नै भारी वर्षा भइरहेको छ जसले पहिरो,  चट्याङका कारण  ठूलो विनाश निम्त्याएको छ।

बिज्ञापन

सोमबार समर हिलमा रहेको एउटा मन्दिर पहिरोमा परेको थियो र भत्किएको थियो र ३० देखि ३५ जना भित्र फसेको विश्वास गरिएको  राष्ट्रिय प्रकोप प्रतिक्रिया बलका अधिकारी नफिस खानले बताएका छन्। घटनास्थलबाट ११ जनाको शव निकालिएको छ भने खोजी कार्य जारी रहेको छ।

सरकारले उपलब्ध गराएको विवरण अनुसार सोमबार साँझसम्म राज्यभर २८३ जनाको ज्यान गएको छ भने ३०४ जना घाइते भएका छन् भने ३३ जना बेपत्ता भएका छन्। राज्य आपतकालीन सञ्चालन केन्द्रले विपद्का कारण राज्यमा ८५७ सडक बन्द गरिएको जनाएको छ। भारतको मौसम विभागले मङ्गलबार हिमाचल प्रदेशमा आगामी दुई दिनसम्म भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।