सुदूरपश्चिम प्रदेश

देशकै पहिलो आइटी ईन्सिच्युट सुदूरपश्चिममा स्थापना गरिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ‘आईआईटी ईन्सिच्युट’ स्थापना गरिने भएको छ । संघीय सरकारले देशकै पहिलो सुदूरपश्चिममा आईआइटी ईन्सिटच्युट स्थापना गर्ने भएको हो ।

सुदूरको प्रविधिको विकासका लागि संघीय सरकारले सुपमा आईआइटी ईन्सिटच्युट स्थापना गर्न गृहकार्य अघि बढाएको छ । 

बिज्ञापन

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशमा सरकारले छिटै आईआइटी इन्स्टिच्युट स्थापना गर्ने तयारी गरेको बताएका छन ।

प्रधानमन्त्री प्रचण्डलाई भेटन बालुवाटार पुगेको सुदूूरपश्चिमको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले सुदुरपश्चिम प्रदेशमा आइआइटी इन्ष्टिच्युट स्थापना गर्न लागिएको जानकारी गराएका हुन । सुप प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले प्रधानमन्त्री प्रचण्डबाटै सुप प्रदेशमा आईटी ईन्सिच्युट स्थापना गर्ने धोषणा गरिएको बताए । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।