घटना समाचार

कञ्चनपुर कुटपिट प्रकरण- युवा संघका दुई केन्द्रीय सदस्यसहित चारजना साधारण सदस्यताबाटै निष्कासित

बिज्ञापन

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले कञ्चनपुर घटनाका दोषी दुई केन्द्रीय सदस्यसहित चारजनालाई कारबाही गरेको छ ।

बिज्ञापन

गत २७ साउनमा संघको दशौं कञ्चनपुर जिल्ला अधिवेशनमा अनुशासनविपरीत काम गरेको अभियोगमा केन्द्रीय सदस्यहरु केशव चन्द, रोहितजंग कुँवर, केन्द्रीय लेखा आयोगका सचिव प्रविन बोगटी र नवीन चन्दलाई कारबाही गरिएको संघका प्रवक्ता निरोज पौडेलले बताए ।

अधिवेशनमा संघका निर्वाचन आयोग प्रमुख बलराम बेल्वासेमाथि हातपात गर्नुका साथै भिमदत्त–१८ का वडाध्यक्ष तथा एमाले जिल्ला सदस्य रवीन्द्र देवकोटामाथि ज्यान मार्ने अभिप्रायका साथ सांघातिक आक्रमणमा उनीहरु संलग्न रहेको पुष्टि भएको पनि पौडेलले जानकारी दिए ।

घटनाका विषयमा उनीहरुलाई स्पष्टीकरण सोधिएकोमा जवाफ चित्तबुझ्दो नभएको, भौतिक आक्रमणमा संलग्न देखिएको र एमाले केन्द्रीय कार्यादलले निकालेको निष्कर्षका आधारमा साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको महासचिव सुमन पुरीले विज्ञप्तिमार्फत जनाएका छन् ।

छानबिनका लागि एमालेको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

बिज्ञापन