राष्ट्रिय समाचार

रेशम चौधरीलाई जेल हाल्न मिल्छ कि मिल्दैन ? सांसदको प्रश्नमा प्रस्तावित प्रधानन्यायाधीशले यसो भने

बिज्ञापन

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई रेशम चौधरीको मुद्दाबारे साधिएको प्रश्नमा बोल्न चाहेनन्।

बिज्ञापन

संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइको क्रममा कांग्रेस सांसद रमेशजंग रायमाझीले सरकारको निर्णयको सिफारिसमा राष्ट्रपतिबाट माफी भयो। अहिले सर्वोच्चको फैसलाको पूर्णपाठनले दोषी ठहर गरेको छ। अब रेशम चौधरीलाई अब जेल हाल्न मिल्छ कि मिल्दैन ? भन्दै प्रश्न गरेका थिए।

तर, त्यसबारे उनले धेरै बोल्न चाहेनन्।

उनले भने, ‘संविधान पनि कानून हो । संविधानको केही कार्यात्मक बाध्य व्यवस्था हुन्छन् । कार्यात्मक गर्नुपर्ने कामहरू हुन्छन् यति मात्रै निवेदन गर्छु ।’

सर्वोच्च अदालतले दोषी ठहर गर्दे जन्म कैदको सजाय पाएका चौधरी फैसला गरेको चौधरीले सरकारको सिफारिसमा १५ फागुनमा राष्ट्रपतिबाट सजाय मिनाहा गराउँदै रिहा भएका थिए ।

तर, टिकापुर घटनाबारे गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि तिनै तहका अदालतबाट दोषी ठहर भएका चौधरीलाई गरिएको माफी मिनाहाप्रति प्रश्न उठेको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद चौधरीलाई अदालतले जेठ २ गते कैलाली जिल्ला अदालतले २०७५ फागुन ११ गते र उच्च अदालतले २०७७ पुस २ गरेको फैसलालाई सदर गरेको थियो ।

बिज्ञापन