घटना समाचार

त्रिशूलीमा बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु, १५ जना घाइते

बिज्ञापन

काठमाडौं । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

बिज्ञापन

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहानसडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए । बस दुर्घटनामा परि घाइते भएका १५ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

बिज्ञापन