बिश्व

इमरान खानको जेल सजाय उच्च अदालतद्वारा खारेज

बिज्ञापन

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जेल सजाय उच्च अदालतले खारेज गरेको छ । मंगलबार इस्लामावाद उच्च अदालतले उनलाई सुनाइएको तीन वर्षको जेल सजाय खारेज गरेको हो ।

बिज्ञापन

मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले ट्रायल कोर्टले सुनाएको आदेश खारेज गरेको हो।

ट्रायल कोर्टले पूर्वप्रधानमन्त्री खानलाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो । उक्त आदेशमा खानलाई पाँच वर्षसम्म चुनाव लड्न अयोग्य ठहराइएको थियो ।

उक्त आदेशविरुद्ध इमरानले उच्च अदालतमा पुनरावेदन गरेका थिए। पाकिस्तानमा अबको केही महिनामा आमनिर्वाचन हुँदै छ ।

बिज्ञापन