राजनीति

एमसीसी कार्यान्वयनमा गएपछि विप्लव समाजवादी मोर्चाबाट अलग हुन चहान्छन्, बोलाए बैठक

बिज्ञापन

काठमाडौं– अमेरिकी आर्थिक सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एसीसी) कार्यान्वयनमा गएपछि नेत्रविक्रम चन्द विप्लव समाजवादी मोर्चाबाट अलग हुने निर्णयको तयारीमा छन्।

बिज्ञापन

स्थायी कमिटी बैठक डाकेका उनी समाजवादी मोर्चाका रहेको सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी एमसीसीका पक्षमा उभिएपछि फरक निर्णयको तयारीमा छन्। 

‘एमसीसीको विरोध गरिरहेको पार्टी, त्यसलाई कार्यान्वयन गर्ने सत्तारुढसँग एकै मोर्चामा बस्न नैतिक प्रश्न उठ्यो, केही खास निर्णय हुन सक्छ’, स्रोतले भन्यो।

एमसीसी कार्यान्वयनमा नलैजानका लागि विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै भेटेर भनेका थिए। तर, प्रचण्डले एमसीसी रोक्न नसकिने जवाफ दिएपछि उनी मोर्चाबाट अलग हुने निर्णयमा पुग्न सक्ने अनुमान गरिएको हो।

एमसीसीका प्रमुखसहितको बैठक र सम्झौतामार्फत कार्यान्वयनमा गएको घोषणा गरिएको थियो।

बिज्ञापन