राष्ट्रिय समाचार

चीनले लिपुलेकलाई भारतको नक्सामा देखाएपछि बालेन आक्रोशित, चीन भ्रमण नजाने घोषणा

बिज्ञापन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमणमा नजाने घोषणा गरेका छन् । शाहलाई चीनले पाँच दिने भ्रमणका लागि बोलाएको थियो । 

बिज्ञापन

 पर्यटन प्रवद्र्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो उनी बेइजिङ उड्ने तय भएको थियो ।

तर नेपालको लिम्पियाधुरा र लिपुलेकसहितका भूभाग चीनले भारतको नक्सामा देखाएपछि उनले चीन भ्रमणमा नजाने निर्णय गरेका हुन् । केही दिनअघि मात्रै चीनको प्राकृतिक स्रोत मन्त्रालयले नयाँ नक्सा प्रकाशित गरेको थियो ।

उक्त नक्सामा लिम्पियाधुरा र लिपुलेकलाई भारतको भूभागका रुपमा देखाइएको थियो । नेपाल सरकारले २०७७, जेठ ७ मा लिम्पियाधुरा र लिपुलेकसहितको भूभाग समेटेर नक्सा जारी गरेको थियो । 

बिज्ञापन