राष्ट्रिय समाचार

‘हर्टअट्याक’ भई ह्याम्समा रहेका पूर्वयुवराज पारस शाहलाई भेट्न किन गइनन् हिमानी?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं– पूर्वयुवराज पारस शाहलाई दोस्रो पटक ‘हर्टअट्याक’ भएपछि शुक्रबार साँझ ह्याम्स अस्पताल भर्ना भएका छन्। धुम्बाराही अपार्टमेन्टमा बस्ने उनी नर्भिक आउन सक्ने स्थिति नभएपछि नजिकैको ह्याम्स अस्पताल लगिएको थियो।

उनलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह पुगे पनि पत्नी हिमानी नपुगेको बताइन्छ। शनिबार बिहान उनलाई राप्रपा नेपाल अध्यक्ष कमल थापाले भेटेका थिए। पारसले आफू ठिक भएको बताएको विवरण सार्वजनिक भएका छन्।

बिज्ञापन

तर हिमानी किन भेट्न गइनन् भन्नेचाहिँ अहिलेसम्म खुलासा हुन सकेको छैन। 

पारस २०२८ पुष १५ पूर्व राजा ज्ञानेन्द्रका तथा पूर्वरानी कोमल राज्य लक्ष्मीदेवि शाहका छोरा हुन्। विक्रम सम्वत् २०५८ सालको दरबार हत्याकाण्डबाट तत्कालिन राजा बीरेन्द्र स्वर्गारोहण भए पश्चात पूर्व राजा ज्ञानेन्द्रले राजगद्दी सम्हालेका थिए। उनलाई २०५८ कार्तिक १० विजया दशमीका दिन युवराजधिराज घोषित गरिएको थियो।

दरबारलाई बारम्बार विवादमा ल्याउने काममा पारसको चरित्र दोषी मानिन्छ। पछिल्ला समय हिमानीसँग सम्बन्ध सुध्रिएको बताइए पनि अस्पतालमा भेट्न नजानुको कारण खुलेको छैन। हिमानी केही दिन अघि मात्र एउटा कार्यक्रममा होटलमा हर्षित मुद्रामा नाचेको भिडिओ सार्वजनिक भएको थियो।

एक माताका कारण पारस र हिमानी छुटिएको चर्चामा छ। पारसलाई निर्मल निवासमा प्रवेश निषेध भएका कारण उनी अपार्टमेन्टमा बस्दै आएको बताइन्छ। उनी अनामनगर, पोखराको अपार्टमेन्टमा सुरुका दिनमा बसेका थिए भने अहिले धुम्बाराहीमा बस्दै आएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।