बिश्व

भवन भत्कने डरले बेलायतमा १५० विद्यालय बन्द

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लन्डन। जोखिमपूर्ण भवनमा कंक्रीटको प्रयोग भएकाले भत्कने डरले बेलायतमा बिद्यालय बन्द गरिएका छन् ।

जसका कारण शुक्रबार देखी बेलायतका करिब १५० विद्यालय बन्द गरिएको छ । विद्यालयलाई अस्थायी स्थानमा सारिएको छ । अटोक्लेभ एरेटेड कंक्रीट ऑटोक्लेव्ड एरेटेड कंक्रीट (आरएएसी) भनिने हल्का तौल कंक्रीट बेलायतका केही विद्यालयहरूको निर्माणमा प्रयोग भएको रिपोर्टमा उल्लेख गरिएको छ।

बिज्ञापन

आरएएसी १९५० देखि १९९० को मध्यसम्म छत, स्कूल, कलेज र अन्य भवन निर्माण गर्नको लागी व्यापक रूपमा प्रयोग गरिएको थियो। केही वर्षअघि गरिएको विश्लेषणले यसलाई जोखिमपूर्ण भएको फेला पारेको थियो र यसको प्रतिस्थापन सिफारिस गरेको थियो।

विद्यालय भवनमा बिम भत्केपछि यस हप्ता नयाँ सल्लाह जारी गरिएको थियो, जसका कारण बेलायतका १५० बिद्यालय भवन बन्द गरिएका हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।