आस्था /आध्यात्म

सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल क्यालिफोर्नियाको सत्संगमा सहभागि

बिज्ञापन

नोरवाक (क्यालिफोर्निया), ३ सेप्टेम्बर । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल नोरवाक (क्यालिफोर्निया) को साप्ताहिक सत्संगमा सहभागि हुनु भएको छ ।

बिज्ञापन

साप्ताहिक सत्संगमा उपस्थित साधसंगतलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो कि सत्गुरु माता सुदीक्षा जी महाराजको कृपाले आज संसारमा सबै मानव प्राणी एउटै परिवार भएको अनुभूति भइरहेको छ । सबै सन्त परिवारमा विश्वबन्धुत्वको भावको विकास भएको छ । यहाँ कोहि सानो–ठुलो, जात–भात, कालो–गोरो, धनि–गरीब जस्ता कुनै वर्गको विभेद छैन । एक–अर्काप्रति सेवा–सत्कार, प्रेम–नम्रता, सद्भाव, मिलवर्तनको भाव जागृत भएको छ । जता गएपनि आफ्नै परिवारको सदस्यलाई भेटेको भान हुन्छ । आफ्नै देशमा भएको अनुभूति हुन्छ यो सबै सत्गुरुको कृपाबाट मात्र सम्भव हुन सकेको हो बताउनु भयो ।

आज संसारमा चारैतिर हेर्छौ भने जताततै निन्दा–नफरत, लुट–पाट, लडाई–झगडा, ईष्र्या, बैर–विरोधको भाव मात्र फैलिएको पाउँछौ । कतैपनि सुख–शान्तिको वातावरण देखा पर्दैन केवल यस सत्गुरुको दरबार बाहेक । संसारको भौतिक वस्तुलाई त किनेर पनि लिन सकिन्छ तर सुख–शान्ति, प्रेम–नम्रतालाई जतिसुकै पैसा हालेर पनि किन्न सकिदैन । विश्वबन्धुत्व, प्रेम–नम्रता, सुख–शान्ति केवल सत्गुरुको द्वारमा मात्र पाउन सकिन्छ । यो सत्गुरुले मात्र दिन सक्छ । सन्तहरुको बाणी जहिले पनि अरुलाई शितल प्रदान गर्ने खालका हुन्छन् । अरुको हितको लागि हुन्छ । कहिल्यै पनि अरुलाई दुःख पु¥याउने खालका हुँदैनन् । आज यहि सन्देश सत्गुरु माता जीले सम्पूर्ण संसारलाई दिराख्नु भएको छ ।

सत्गुरुले हामीलाई विशालताको आशीर्वाद दिनु भएको छ । जसको कारण हामी सबैमा एउटै परमात्माको अंश भएको अनुभूति भइरहेको छ । यदि हामीमा विशालता नभएर संकिर्णताको भाव आएको भए आज हामी यसरी सबै जना मिलेर यस दातारको गुणगान गाउन सक्ने थिएनौं, एक–अर्कालाई चिन्ने अवसर पाउने थिएनौं । सत्गुरुले हाम्रो वास्तविक घरको ठेगाना बताई दिनुभयो, सच्चा परिवारसंग नाता गाँसी दिनुभयो । यो सबै सत्गुरुले हामीमाथि गरेको ठुलो कृपाको फल नै हो, उहाँले बताउनु भयो ।

ज्ञान लिनुभन्दा पहिले हामी तन, मन, धन, परिवार आदि मेरो हो भनेर घमण्ड गर्ने गथ्र्यौ तर जब सत्गुरुबाट ब्रम्हज्ञान मिल्यौ तब बल्ल हाम्रो आँखा खुल्न गयो कि यो सबै निराकार–परमात्माको नै रहेछ, मेरो त केहि पनि रहेन छ, मैले व्यार्थमा आफ्नो हो भनेर यसैमा अल्झि रहे । यसैमा अल्झि रहनुले मनुष्य योनि पाएको व्यार्थ भयो भन्ने कुरा आज सत्गुरुको कृपाबाट बल्ल थाह भयो । साथै उहाँले सत्गुरुको प्रत्येक शब्दलाई जस्ताको त्यस्तै हु–ब–हु पालन गर्न सक्छौ भने तब मात्र हामीमाथि सत्गुरुको आशीर्वाद बनिरहन्छ, हामीले गरेको सेवा स्वीकार्य हुन्छ । यदि आफ्नो मनमानि सेवा गर्छौ भने त्यो कहिले पनि स्वीकार नहुने बताउनु भयो ।

अन्तमा उहाँले आफूले राजपिता रमित जीलाई सन्त निरंकारी मण्डल नेपालको केन्द्रिय कार्यलय काठमाडौं भवनको निर्माण सम्पन्न भएको भवनको मानचित्र देखाएको बताउँदै सत्गुरु माता सुदीक्षा जीलाई मुम्बई समागमपछि नेपालको कल्याण यात्राको लागि बिन्ति गरेको बताउनुभयो ।

सत्संगमा नोरवाक (क्यालिफोर्नि) का स्थानीय सन्तहरुको साथै नेपालबाट अमेरिका बसाई–सराई गरेका सन्तहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन गौतम खन्नाले गर्नुभएको थियो ।

बिज्ञापन