राष्ट्रिय समाचार

कांग्रेस सहमहामन्त्रीको आईसीयूमा उपचार गरिँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको र ट्रमा सेन्टरको आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको हो ।

बुधबार दिउँसो रिपोर्टस् क्लबको कार्यक्रममा सहभागी भएर बाहिरिँदै गर्दा यादवमाथि खुकुरी प्रहार भएको थियो । त्यसलगत्तै उनलाई ट्रमा सेन्टर पुर्‍याइएको थियो । यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबाबु सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

बिज्ञापन

उनको टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रहारबाट गहिरो घाउ भइ रक्तश्रव भएको पाइएको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले जानकारी दिए ।

‘नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवज्यू टाउकोमा गम्भीर चोट लागी दिउँसो २ः२० बजे यस राष्ट्रिय ट्रमा सेन्टरमा आउनुभएको जानकारी गराइन्छ,’ जारी सूचनामा भनिएको छ, ‘उहाँको टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएको र त्यसका कारण गहिरो घाउ भई रत्तःश्रव भएको पाइएको थियो ।’

साथै यादवलाई ट्रमा सेन्टरको आईसीयूमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको डा. रिजालले जानकारी दिएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।