अमेरिकी सेनाको टोली आज काठमाडौं उत्रँदै

काठमाडौं – नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य अभ्यास हुने भएको छ।
उक्त सैन्य अभ्यास भदौ २४ देखि असोज १२ गतेसम्म काठमाडौंमा हुन लागेकाे हाे।

नेपाली सेनासँगको सैन्य अभ्यासमा सहभागी हुन अमेरिकी सेनाको टोली भदौ २१ गते काठमाडौं आइपुग्ने जनाइएकाे छ।
संयुक्त सैन्य अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा केन्द्रित हुनेछ।
तालिममा सहभागी हुन अमेरिकी वायु सेनाको विशेष जहाजबाट अमेरिकी सेनाहरू नेपाल आउँदैछन्। सैन्य अभ्यासमा नेपालीका सेनाका तर्फबाट ३० जना र अमेरिकी सेनाको तर्फबाट १२ जना सहभागी हुनेछन्।
नेपाली सेनाले बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायललगायत सैनिकहरूसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। चिनियाँ जनमुक्ति सेनासँगको सैन्य अभ्यास भने अहिले हुन सकेको छैन। कोरोना भाइरसका कारण रोकिएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यासको तयारी भइरहे पनि दुवै पक्षले मिति तय गरेका छैनन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
