आस्था /आध्यात्म

गौहत्या विरोधमा माइतीघरमा प्रदर्शन

बिज्ञापन

काठमाडौं । विश्व हिन्दू परिषद नेपालले काठमाडौंको माइतीघरमा गौहत्याको विरोधमा प्रदर्शन गरेको छ ।

बिज्ञापन

परिषद समर्थकहरुको बाक्लो उपस्थितिमा धरानमा गौहत्या गरिएको विरोधमा प्रदर्शन गरिएको हो । उनीहरुले ‘गौ हत्यारालाई कारबाही गर’, ‘राष्ट्रिय जनवार गाईको संरक्षण गर’, ‘गाई हाम्री माता हुन्’, ‘हाम्रो धर्म संस्कृति प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनमा करिब ५०० जनाकाे सहभागिता थियाे ।

गत साउनमा धरानमा गोरु काटेर सार्वजनिक भोज आयोजना गरी सामाजिक सञ्जालमा भिडिओ हालिएपछि त्यसमा संलग्नलाई कारबाहीको माग हुँदै आएको छ ।

बिज्ञापन