घटना

ढुंगाले लागेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । डडेल्धुरामा सडकमाथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकलको पछाडि सवार व्यक्तिको मृत्यु भएको छ ।

लोक कल्याणकारी विज्ञापन

गन्यापधुरा गाउँपालिका–२ रडुवास्थित केआई सिंह राजमार्गमा गएको पहिरोबाट खसेको ढुंगाले लागेर डडेल्धुराकै अमरगढी नगरपालिका–४ का १८ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरीले हो ।

लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कुसुम नायकका अनुसार दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म.१ प.८८३० नम्बरको मोटरसाईकल पछाडि सवार ऐरको शनिबार ढुंगा लागेर घाइते भएका थिए ।

बिज्ञापन

टाउकोमा चोट लागेर गम्भीर घाईते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरेपनि आइतबार बिहान उनको मृत्यु भएको हो । मोटरसाइकल चालक डडेल्धुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले बताएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन