राष्ट्रिय समाचार

झरना थापा लेख्छिन्- मर्नु न बाँच्नुको पीडा भइरहेको छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं – चलचित्र ‘एक भगवत गीता’ले सेन्सर अनुमति नपाएपछि निर्देशक तथा अभिनेत्री झरना थापाले मर्नु न बाच्नुको पीडा भइरहेको बताएकी छिन् ।

मध्यरात फेसबुकमा थापाले सारा सम्पत्ति र सपनाको लगानी भएको चलचित्र चल्नै नदिने अवस्था आउँनाले आफु पिडामा परेको बताएकी छन् ।

बिज्ञापन

उनले सत्य बोलिरहँदा र सही छु भनेर प्रमाण दिइरहँदा पनि कसैले नसुनिदिएको भन्दै अब आफूले यो विवादको फैसला भगवानको हातमा छोडिदिएको उल्लेख गरेकी छिन् ।

केही धार्मिक सङ्घसंस्थाले चलचित्रको शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएपछि जाँचपास रोकिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।