७ लाख धरौटी बुझाउन नसकेपछि अरूणकुमार जेल चलान

काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका एक अभियुक्त जेल चलान भएका छन् ।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले रिहाइका लागि अरूणकमार श्रेष्ठसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो । तर, धरौटी रकम बुझाउन नसक्दा उनी केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका हुन् ।

श्रेष्ठ कारागार चलान भएको कारागारका जेलर ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार श्रेष्ठले धरौटी जुटाए छुट्न सक्छन् । तर धरौटी बुझाउन नसकेको अवस्थामा उनी फैसला नहुञ्जेलसम्म पनि कारागारमै बस्नुपर्ने हुन्छ ।
आइतबार इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँग दुई करोड ४६ लाख धरौटी माग गरेको थियो । धरौटी बुझाएर उनीसहित १७ जना हिजै रिहा भइसकेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
