राष्ट्रिय समाचार

लेखा अधिकृतसँग यौनजन्य प्रेमलिला गर्ने प्रमुख प्रशासकीय अधिकृत राईलाई अर्को झड्का

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं– इलामको माइजोगमाई गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई लेखा अधिकृतसँग गरेको यौनजन्य प्रेमलिलाको भिडिओले अर्को झड्का दिएको छ।

सरुवा भएर झापाको बाह्रदशी गाउँपालिका पुगेर हाजिर गरेका राईलाई भिडिओ सार्वजनिक हुनासाथ त्यहाँबाट पनि फिर्ता पठाइएको छ।

बिज्ञापन

माइजोगमाईबाट सरुवा भएर १२ भदौमा राई बाह्रदशी गाउँपालिका पुगेका थिए। तर एक साता पनि नभई भिडिओ सार्वजनिक भएपछि स्थानीयको दबाब आएपछि फिर्ता पठाउने निर्णय भएको बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाईले बताए।

प्रमुख प्रशासकीय अधिकृतको आचरणको विषयमा भिडिओ छारस्ट भएपछि स्थानीयले नराख्नका लागि दबाब दिनुभयोत्यसपछि गाउँपालिका बैठकले फिर्ता पठाउने निर्णय लियोस्रोतले भन्यो,‘स्थानीय घेर्न नै आएपछि हाम्रो के लाग्छ?

अर्को प्रशासकीय अधिकृत पठाउनका लागि गाउँपालिकाले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिसकेको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।