टीकापुरमा बाघको आक्रमणमा परि महिला घाइते

टीकापुरमा बाघको आक्रमणबाट एक जना महिला घाइते भएकी छन् । बाघको आक्रमणबाट टीकापुर नगरपालिका वडा नम्बर २ विजयनगर खडक टोलकी ३५ वर्षिय फूलकुमारी चौधरी घाइते भएकी हुन् ।
सोमबार बिहान ८ बजेतिर स्थानीय कैलाशेश्वर सामुदायिक वनमा घाँस काट्न गएको वेला बाघले आक्रमण गर्दा उनि घाइते भएकी हुन् । उनको पेट र पिठ्यूमा चोट लागेको छ । टीकापुर अस्पतालमा उपचारपछि थप उपचरका लागि उनलाई नेपागंज रेफर गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।
वडा नम्बर २ को अधिकांश स्थानमा जंगल क्षेत्र पर्ने भएकाले वडावासीहरुले जंगल क्षेत्रमा घाँस दाउरा गर्न जाँदा सजग भएर जान वडाध्यक्ष दिपक चौधरीले आग्रह गर्नु भएको छ । त्यो क्षेत्रमा यसअघि पनि बाघ र हात्तिको आक्रमणमा परि मानिसहरुले ज्यान गुमाएमा छन् भने केहि व्यक्ति घाइते भएका छन् । साभार–टीकापुर एफ.एम
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
