स.नि.म. नेपालका अध्यक्ष नर बहादुर रावलको प्रमुख आतिथ्यमा क्यालिफोर्नियामा नेपाली संत्संगको थालनी

क्यालिफोर्निया, १२ सेप्टेम्बर । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलको प्रमुख आतिथ्यमा अमेरिकाको क्यालिफोर्नियामा नेपाली संत्संगको थालनी गरिएको छ ।
उक्त अवसरमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले भन्नुभयो कि यहाँ अनेकौ महापुरुषहरुले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गर्नुभयो र ती सबै भावहरुको एउटै उद्देश्य थियो । आज हामी संसारको जुनसुकै देशमा बसौ हामी सबै एउटै परमात्माका सन्तान हौं, हामी भौतिक शारीरिक बनोटको आधारमा भिन्न अवश्य छौ तर हामी भित्र रहेको परमात्माको अंश आत्मा भने एउटै छ, कुनै फरक छैन । सत्गुरुको माध्यमबाट परमात्मालाई जान्न सकिन्छ, यही कुराको जानकारी सत्गुरुले संसारमा प्रत्येक व्यक्तिलाई गराई रहनु भएको । सन्त निरंकारी मिशान कुनै धर्म वा सम्प्रदाय नभई एक आध्यात्मिक विचारधारा हो । यहाँ सबै धर्म, सम्प्रदाय, जात–जाति, रहन–सहन, भेशभूषाका मान्छेहरु यस मिशनमा आवद्ध रहेका छन् । यहाँ सम्पूर्ण मानव प्राणी माथि हेर्ने दृष्टिकोण एउटै छ, कुनै फरक छैन, उहाँले बताउनुभयो ।

उहाँले अगाडि भन्नुयो चौरासी लाख योनि पाईसकेपछि मात्र मानव योनि पाईन्छ । मानव योनि सबै योनिभन्दा उत्तम योनि हो । बाँकी योनि भनेका भोग योनि हुन । उनीहरुलाई केवल खानु, पिउनु, सुत्नुसम्मको मात्र चेतना हुन्छ । मानव योनिमा भूत, वर्तमान र भविष्यको बारेमा जानकारी हुन्छ । यसै भौतिक शरीरबाट परमात्माको पूजा गर्न सकिन्छ । त्यसैले मानव योनि पाई सकेपछि आत्माले परमात्मालाई जान्नु अवश्य छ । किनभने मानवलाई परमात्माले धर्तीमा चेतन शक्ति दिएर आत्माको पति परमात्मालाई जान्नको लागि पठाएको हो । मानव योनिमा मात्र हामी परमात्मासंग आफ्नो नाता गाँस्न सक्छौ । यस मानव योनिमा पनि हामी परमात्मालाई जान्न सक्दैनौ भने यो अमूल्य मानव चोला पाएको व्यर्थ हुन जाने छ र अरु योनिमा परमात्मालाई पाउन सक्ने छैनौ ।
स्मरण रहोस कि सन्त निरंकारी मण्डल क्यालिफोर्नियाकी प्रमुख सन्तोष टण्डनको सुझाव अनुसार नेपालबाट अमेरिका बसाई–सराईगरि आएका प्रेम सिंहको घरमा प्रत्येक महिनाको अन्तिम आइतबार बेलुका सत्संग गर्ने प्रेरणा नेपाली महापुरुषहरुलाई दिने उद्देश्यले उक्त सत्संगको थालनि गरिएको कुरा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले बताउनस भयोे ।
सत्संगमा स्थानीय सन्तहरुको साथै समाज सेवी तथा बुद्धिजीवी वर्गहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन हरपाल सिंह जीले गर्नु भएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
