राष्ट्रिय समाचार

मोटरसाइकल दुर्घटनामा एमाले नेताको मृत्यु

बिज्ञापन

काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार सर्लाहीको बागमती नगरपालिका–५ पस्थत गाजलीचोकमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा गणेश कार्कीको मृत्यु भएको हो । दुर्घटनामा ३ वर्षीया एक बालिकासहित तीनजना घाइते भएका छन् ।

बिज्ञापन

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कार्की एमालेको बागमती नगर कमिटीका सचिवालय सदस्य हुन् ।

त्यस्तै मोटरसाइकलमा सवार ३२ वर्षीय मुकेशकुमार साह, उनकी श्रीमती २६ वर्षीया शान्ता कुमारी साह र ३ वर्षीया छोरी दुर्घटनामा घाइते भएका छन् । घाइतेमध्ये बालिकाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

बिज्ञापन