घटना समाचार

दैलेखमा चट्याङ लागेर १ को मृत्यु, १६ जना घाइते

बिज्ञापन

दैलेख । दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो ।

बिज्ञापन

चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए । त्यस्तै चट्याङ लागेर १६ जना घाइते भएका छन् ।

बिज्ञापन