राष्ट्रिय समाचार

भारतीय राजदूतद्धारा सुदूरपश्चिमका ३ शैक्षिक परियोजना उद्घाटन

बिज्ञापन

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले सुदूरपश्चिममा ३ शैक्षिक परियोजनाको उद्घाटन गरेको छ । राजदूत नवीन श्रीवास्ताले गत आइतबार र सोमबार कैलाली र कञ्चनपुरको भ्रमण गरि ३ शैक्षिक परियोजनाको उद्घाटन गरेका हुन् ।

बिज्ञापन

भारत सरकारको ९ करोड ८ लाख रुपैयाँ सहयोग लागतमा निर्माण गरिएका एउटा क्याम्पसको भवन र दुइटा विद्यालय भवन गरी ३ वटा सामुदायिक विकास परियोजना उद्घाटन गरिएको दूतावासले जानकारी दिएको छ ।

कैलालीमा रहेको टिकापुर बहुमुखी क्याम्पस, कञ्चनपुरको बेलौरीमा रहेको पशुपति शिक्षा मन्दिर र भिमदत्त नगरपालिकामा रहेको सिद्धनाथ माध्यमिक विद्यालय भवनको उद्घाटन गरिएको हो ।

तीनै शैक्षिक संस्थाको लागत क्रमशः ३ करोड ५२ लाख, २ करोड ६४ लाख रुपैयाँ र २ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

बिज्ञापन