घटना समाचार

बैतडीका एक युवकले आफ्नै घाँटी चक्कुले रेटे

बिज्ञापन

काठमाडौं । भारतमा रहेर काम गर्दै आएका बैतडीका एक युवकले आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका–३ मड घर भएका अन्दाजी २५ वर्षीय सुरेन्द्र धामी चक्कुले आफ्नै घाँटी रेटेका हुन् ।

बिज्ञापन

चक्कुले आफ्नै घाँटी रेटेपछि गम्भीर घाइते भएका उनको दिल्लीस्थित जेपी हस्पिटलमा उपचार भइरहेको जयबहादुर चन्दले जानकारी दिए । जेपी हस्पिटलमै फुड लाइनको सोडेक्स कम्पनीमा एक वर्षदेखि कार्यरत धामी १०÷१५ दिन अगाडिदेखि बिदामा रहेका थिए ।

दुई तीन अगाडि मात्रै बिदा सकेर काममा फर्किएका उनले बुधवार आफैँलाई चक्कु प्रहार गरेका हुन् । धामीले आफूले आफैँलाई किन चक्कु प्रहार गरे भन्ने कुरा खुल्न सकेको छैन ।

बिज्ञापन