घटना समाचार

बाँकेको बालसुधार गृहमा झडप, एक जनाको मृत्यु

बिज्ञापन

काठमाडौं । बाँकेको एक बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा गएराति दुई पक्षबीच तोडफोड र झडप भएको थियो ।

बिज्ञापन

झडपमा ११ जना घाइते भएका र एक जनाको उपचारको क्रममा निधन भएको बाँकेकमा प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए । घाइतेहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुले सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुंगा र इँटा प्रहार गरेका थिए । के कारणले झडपको स्थिती आयो भन्ने खुलेको छैन । अहिले पनि उनीहरुले नाराबाजी गरिरहेका छन् ।

अवस्था सामान्य बनाउने प्रयास भइरहेको बाँके प्रहरीले जनाएको छ । सुधार गृहमा हाल करिब ३ सय जना छन् । यसअघि पर्साको वीरगञ्ज र झक्तपुरमा रहेका बाल सुधार गृहमा पनि तोडफोडका कारण स्थिति तनावपूर्ण बनेको थियो ।

बिज्ञापन