राष्ट्रिय समाचार

नेपालगञ्जमा आज पनि कर्फ्यू, समाधान खोज्न सर्वपक्षीय भेलाको तयारी

बिज्ञापन

रूपन्देही । बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले आज पनि कर्फ्यूलाई निरन्तरता दिएको छ ।

बिज्ञापन

हिन्दू र मुस्लिम समुदायबीचको तनावका कारण शान्ति सुरक्षामा चुनौती बढेपछि मंगलबार दिउँसो १ बजेदेखि जारी कर्फ्यूलाई आज पनि कायम राखिएको बाँकेका सीडीओ विपिन आचार्यले जानकारी दिए ।

पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुस तथा सभा समारोह, हुलहुज्जत गर्न प्रशासनले बन्देज लगाएको छ । कर्फ्यूको कारण बुधबार बिहानैदेखि नेपालगञ्ज क्षेत्र सुनसान छ । बजार र यातायात बन्द छ । स्थानीय घरभित्रै बसेका छन् । नगर क्षेत्रमा साँझदेखि सेनासमेत परिचालन गरिएको छ।

दुई समूहको झडपमा केही घाइते भएका छन् ।

बुधबार सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेर कर्फ्यू हटाउने कि नहटाउने निर्णय लिइने प्रशासनले जनाएको छ । प्रजिअ आचार्यका अनुसार दुवै पक्षका प्रतिनिधिसँग छलफलको प्रयास भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोष सिंह राठोरले बैठकमा सबै धार्मिक समूहका प्रतिनिधिलाई पनि बोलाइएको बताए ।

बिज्ञापन