आस्था /आध्यात्म

सन्त निरंकारी मण्डलको नाममा नै कति सुन्दरता– ईश्वरीय ब्रम्ह कुमारी मिना

बिज्ञापन

नेपालगन्ज, १७ असोज । सन्त निरंकारी मण्डलको नाममा नै कति सुन्दरता भएको कुरा ईश्वरीय ब्रम्हकुमारी मिनाले बताउनु भएको छ ।

बिज्ञापन

गत १४ असोजमा नेपालगन्जमा आयोजित सन्त निरंकारी मण्डल नेपालको ३४औं वार्षिक साधारण सभामा उहाँले आज सन्त निरंकारी मण्डलले आफ्नो नाम जस्तै विश्वमा सुन्दर कार्य गरिरहेको छ, विश्व बन्धुत्वक र एक तत्वको सन्देशलाई संसारमा फैलाई रहेको छ, जुन अहिलेको भौतिक संसारलाई निकै खाँचो रहेको छ । वर्तमान समयमा मानव भित्र भौतिक वा आधुनिक विकासको कारण समाजमा दिन प्रतिदिन मानवबाट नैतिक र मानविय गुणहरु लोप हुँदै गइरहेका छन्, जसको कारण समाजमा हत्या, हिंसा, लडाई–झगडा, लुटपाट जस्ता अपराधिक गतिविधिहरु बढ्दै गइरहेका छन् । समाजको स्थिति दिनप्रति दिन बिग्रदै गइरहेको छ र मानव दुःखी, मानसिक तनावमा पिल्सदै गइरहेको छ । आजको यस आधुनिक भौतिक विकासको समयमा सम्पूर्ण मानव जगतलाई आध्यात्मिक ज्ञानको खाँचो छ ।

आध्यात्मिक ज्ञानले हाम्रो स्वयंको परिचय गराउँछ, परम सत्यको परिचय गराउँछ, जसबाट हाम्रो स्वयंमको परिचयबाट र परम सत्यको परिचयबाट नै हामीभित्र अन्र्तनिहित मानविय मूल्यको विकास हुन्छ, जसलाई हामीले व्यवहारिक रुपमा उर्तादा हाम्रो जीवनले सुख, शान्ति र आनन्दको अनुभूति गर्दछ । यस्तै उत्कृष्ट कार्य यस सन्त निरंकारी मिशनले पनि गर्दै आएकोमा आफू निकै खुशी भएको धारणा राख्नुभयो ।

आजको भौतिक विकासको युगममा मानवले जुन आफ्नो चर्म चच्छुबाट भौतिक वस्तुलाई देखिरहेको छ, त्यो सत्य होइन, केवल जुन अदृश्य छ जसलाई केवल ज्ञान चच्छुबाट मात्र देख्न सकिन्छ त्यही नै सत्यता, वास्तविकता र यर्थतता हो । आज मानव संसारको यस चकाचौधमा रुमल्लिएर आफूलाई बिर्सि सकेको छ । उसले आँखाले देखिने चीजलाई सत्य र वास्तविकता मानेर त्यसैमा अलमलि रहेको छ तर वास्तविक चीज त यो निराकार नै हो जसको कुनै आकार, रुप, रंग छैन, जुन सर्वत्र फैलिएको छ, जसको कहिल्यै नास हुँदैन, जसलाई केवल ज्ञान चच्छुले मात्र देख्न सकिन्छ उहाँ बताउनुभयो ।

वास्तवमा हामी भित्रको म भनेको कुनै साकार रुप होइन, त्यो निराकार रुप हो । त्यो आत्मा हो र परमात्माको अंश हो । यदि हामी सबैले यस सत्यता र यर्थाततालाई जान्ने हो भने परमात्मा परपिता र हामी सबै निराकारी आत्मा भित्र एउटा विश्व बन्धुत्वको भावना जागृत हुन जान्छ । जब हामी भित्र आन्तरिक जगतकोो स्वरुपको जानकारी हुन्छ तब हामी सबै एक परमपिता परमात्माका सन्तान र आत्मिक रुपमा विश्व बन्धुत्वको भावना हामी भित्र जागृति हुन्छ । जब बन्धुत्वको भावना जागृत हुन्छ तब एकापसमा प्रेम, स्नेह, एकत्वको भावना जागृत हुन्छ । त्यसपछि हामी भित्र रहेका आन्तरिक गुणहरु ज्ञान, शक्ति, प्रेम, आनन्द, सुख, शान्ति, पवित्रता जागृत हुन जन्छ र हाम्रो समाज सुख, शान्ति, समृद्धि हुन्छ । यसरी सबैले परिकल्पना गरेको, सबैले चाहेको राम राज्यको स्थापना हुन सक्छ । यस्तै कार्य यस निरंकारी मिशनले पनि गरिरहेकोमा प्रशंसा व्यक्त गर्दै यस ३४औं वार्षिक साधारण सभाको उत्तरोत्तर प्रगतिको शुभ कामना र जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा उपस्थिति सम्पूर्ण जेष्ठ नागरिकहरुको जीवन स्वास्थ, शान्ति, समृद्धिले परिपूर्ण होस भन्ने कामना गर्नुभयो ।

बिज्ञापन