बिश्व

रकेट हमलापछि इजरायली सेनाद्वारा ‘युद्धका लागि तयारी’ को घोषणा

बिज्ञापन

इजराइल, असोज २० गते । इजरायलमा गाजा पट्टीबाट व्यापक रकेट हमला र हमास आतङ्ककारीहरूको घुसपैठपछि इजरायली प्रतिरक्षा फौज (आईडीएफ) ले शनिबार युद्धका लागि तयार रहेको घोषणा गरेको दाइम्स अफ इजरायल (टिओआई) ले जनाएको छ ।  

बिज्ञापन

“इजरायललाई आईडीएफले युद्धका लागि तयार मुलुकका रूपमा घोषणा गर्दछ”, इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ, “इजरायली भूमिमा गाजाबाट व्यापक रकेट प्रहार भएको छ र थुप्रै प्रवेश विन्दुबाट इजरायली भूमिमा आतङ्ककारीहरूले घुसपैठ गरेका छन् ।”

आईडीएफले मुलुकका दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दाहरूलाई सुरक्षित अवस्थामा रहन आवश्यक रहेको बताएको छ ।

यसैबिच आईडीएफले गाजा पट्टीमा उसले जवाफी हमला गरिरहेको बताएको छ । हमासले गरेको अप्रत्याशित हमलाको झण्डै दुई घण्टापछि आईडीएफले जवाफी हमला गरेको हो । 

“यस आक्रमणको पछाडि हमासको हात रहेको छ र उसले हमलाको परिणाम र जिम्मेवारी बहन गर्नेछ”, आईडीएफले भनेको छ ।

यसैबिच प्रतिरक्षामन्त्री योआभ गालान्टले हमाले अप्रत्याशित आक्रमण गरेपछि रिजर्भमा रहेका सैनिकहरूलाई बोलाउने कदमलाई अनुमति दिनुभएको छ । रासस/एएनआई

बिज्ञापन