घटना समाचार

सिक्किम बाढी : ४१ जनाको मृत्यु, १०३ अझै जना बेपत्ता

बिज्ञापन

गान्तोक । सिक्किममा आएको बाढीका कारण हालसम्म ४१ जनाको मृत्यु भएको छ । ताल फुटेर अचानक आएको बाढीले करिब १२ सय घर डुबानमा परेका छन् ।

बिज्ञापन

बाढीले सैनीकको ब्यारेक लगायत बस्ती बगानउँदा १५ सैनिकसहित १०३ जनाको अझै बेपत्ता छन् । उनहिरुको खोजी भइरहेको छ जनाइएको छ । विपद्को तेस्रो दिन पनि भग्नावशेष र माटोमा फसेका मानिसहरूलाई उद्धार गर्न उद्धार टोली खटिरहेको अधिकारीहरूले बताएका छन्। यस प्राकृतिक प्रकोपमा करिब २५ हजार मानिस प्रभावित भएका छन् ।

इन्डियन एक्सप्रेसले आफ्नो रिपोर्टमा मुख्यमन्त्री पीएस तामाङलाई उद्धृत गर्दै सिक्किममा हालसम्म १९ शव फेला पारेको जनाएको छ । यसबाहेक उत्तर बंगालका तल्लो जिल्लाहरूमा २२ शव भेटिएको अधिकारीहरूले बताएका छन्। उनले २६ जना अस्पतालमा भर्ना रहेको र करिब १५०० जना राहत शिविरमा रहेको बताए ।

सिक्किममा आएको बाढीबाट भारतीय सेनाका जवान पनि प्रभावित भएका छन् । टिस्टा ब्यारेजको तल्लो भागमा बेपत्ता भएका १५ सैनिकको खोजी भइरहेको छ । सिङताम नजिकै बर्दाङको घटनास्थलमा सेनाका गाडी र पसल खनिएको को छ । खोजी कार्यमा सहयोग गर्न सेनासँग आबद्ध संस्था ट्रिकोलर माउन्टेन रेस्क्यू (टीएमआर) स्निफर डग र विशेष राडारको थप टोली खटाइएको छ।

बिज्ञापन